परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँदै


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुँदैछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज हैदराबाद हाउसमा बस्ने संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच बिहान ११ बजे भेटवार्ताको समय तय भएको छ । ज्ञवाली र जयशंकरबीच आधा घण्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने कार्यसूची दुई दिनअघि नै सार्वजनिक भएको छ ।

भारतीय पक्षले बिहीबार सार्वजनिक गरेको बैठकका कार्यसूचीमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । तर सीमा विवादको विषय के हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।

यस्तै बैठकमा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महìवपूर्ण सहमति हुने अपेक्षा नेपाली पक्षको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ