नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए « Khabarhub

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् ।

नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् ।

आज बिहानै नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । भाइटीकाजस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूसक्दो पैसा, धोती चोलीलगायतका कोसेली दिएर टीका थाप्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोरा पनि आजको दिन घर पुग्ने गर्दछन् ।

कुनै काम विशेषले घर पुग्न नसक्ने छोराले टेलिफोनबाटै भए पनि आशीर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्याएर राखिदिने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घरघर तथा गाउँबस्तीमा पुगेर भाइटीकामा देउसी भनेजस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटोलगायतका सार्वजानिक सम्पदा मर्मतसम्भार गरिन्छ भने बचेको रकमबाट वनभोज जाने गरिन्छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने गरिन्छ । डोल्पालगायत कर्णालीका अन्य जिल्लामा मनाइने छोरा तिहार कर्णालीमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी रमानन्द उपाध्यायले बताए ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उहाँले बताउनुभयो । यो भैलो तिहारको देउसीभन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने गर्दछ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उपाध्यायले बताए ।

छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

छोरो तिहारमा खेलिने भैलोको केही अंश यस प्रकार छ–
आउँशीया बार, भैलो
दरमुद बार, भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली, भैलो
बाँसभित्र, भैलो
आर्या न तार्या, भैलो
पिपलु पाती, भैलो
रायकी छाती, भैलो
बाखरी खानु, भैलो
त्यो बाखरी कसो सुवाला, भैलो
कसो सुवाला, भैलो
भैलो दिने घरीनाको एककान सुन छ, भैलो
एक कान मोती, भैलो
सूर्यकी ज्वती, भैलो
भेडो दिन्नन् डोर्याइए ल्याउला, भैलो,
घोडो दिन्नन चढी ल्याउला, त्यहीँ पर जाउँला पिरती लगाउँला, भैलो
पिरतीका बार, भैलो
आकाश जरा, भैलौ,
पात्तला शिला, भैलो

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ३० बजे

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने

‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

काठमाडौं– नेपाली  फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा

रिलिजको पाँच दिनअघि रश्मिकाको ‘मैसा’ स्थगित, नयाँ मिति अभिनेत्रीलाई नै थाहा छैन !

काठमाडौं– दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको प्रतीक्षित एक्सन फिल्म ‘मैसा’

 पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम– इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान