दैनिक दुईटा ओखर खाँदा मिल्छ स्वास्थ्यलाभ « Khabarhub

दैनिक दुईटा ओखर खाँदा मिल्छ स्वास्थ्यलाभ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ ।

ओखरमा के पाइन्छ ?

ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

किन खाने ओखर ?
– विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।
– ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ ।
– फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्दछ ।
– एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांशपेशी बढाउन सहयोग गर्छ ।
– विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ ।
– ओखरमा न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ जसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।
– बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा कोलोस्ट्रोर नियन्त्रण हुन्छ ।
– नियमित ओखरको सेवनले हृदय रोग लाग्नबाट बचाउँछ ।
– तौल नियन्त्रणका लागि ओखर उपयुक्त हुन्छ ।
– ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन ।
– नियमित २ वटा ओखर महसँग मिसाएर सेवन गरे मस्तिष्क स्वस्थ्य हुन्छ ।
– ओखरको सेवनले स्ट्रोकको हुनबाट बचाउँछ ।
– दैनिक बिहान बेलुकी मनतातो दुधसँग २ ओखर, एउटा बदाम सेवन गरे कमजोरी हट्छ ।
– महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ ।
– ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।
– पेटको जुका मार्न तातो दुधसँग ओखर सेवन गरे चलन छ ।
– मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई ठीक हुन्छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : २३ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ