कप्तान भण्डारीको शतकमा गण्डकीलाई विशाल लक्ष्य « Khabarhub

कप्तान भण्डारीको शतकमा गण्डकीलाई विशाल लक्ष्य


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान विनोद भण्डारीको शतकिय इनिङ्समा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसामु २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० खेल्दै ५ विकेट गुमाएर २ सय ८७ रन बनाएको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियू) मा खुलेका आर्मीका कप्तान भण्डारीले अविजित रहँदै ७६ बलको मद्दतमा ५ छक्का र ९ चौका प्रहार गर्दै १११ रन बनाएका हुन्। आर्मीका लोकेश बमले ४२ रन बनाए।

यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाएका थिए भने राजेश पुलामि मगरले ३८ रन, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ रन बनाए।

आर्मीविरुद्ध विपिन खत्री र विशाल पौडेलले समान २/२ विकेट लिए भने दिपेश खत्रीले १ विकेट लिए ।

२ सय ८८ रनको लक्ष्य पाएको गण्डकी केही समयमा जवाफि ब्याटिङ गर्दैछ।

प्रतियोगिताको उद्घाटन आज बिहान युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङले बलिङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै गरेका थिए।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : ५० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६