भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

रोगको प्रकृति अनुसार उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ५५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी