जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी | Khabarhub Khabarhub

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ ।

कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।

चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा रु नौ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा दुई ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी रु. ५० अर्ब, जारी पूँजी रु २२ अर्ब र हालसम्मको चुक्ता पूँजी रु १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड कूल आम्दानी गरेको र त्यसमा रु पाँच अर्ब २२ करोड खुद नाफा गरेको छ ।

कम्पनीले हालसम्म नेपाल सरकारलाई रु एक अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई रु छ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये

नेपाल सरकारतर्फ रु दुई अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ रु चार अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष २०७८/७९ सम्म कूल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा रु १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ ।

साथै, ऋण लगानीतर्फ कूल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रु १२ अर्ब ६७ करोड पुर्‍याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रु १०० अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।

अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट रु पाँच अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र तीनवटा वित्तीय संस्थाबाट रु तीन अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

यसै आवभित्र सर्वसाधारणलाई रु दुई अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ३ : १२ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको