निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : नेता भट्टराई « Khabarhub

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : नेता भट्टराई


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे ।

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले सर्वोच्च अदालतले संसद् विघटनलाई खारेज गरिदिए समस्याको समाधान सजिलो ढङ्गले हुने बताए ।

संविधान निर्माणका क्रममा यस्ता खालका समस्याको समाधानका लागि संविधानमा नै संवैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको अडान भए पनि अहिलेको संविधानमा त्यस्तो व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा भट्टराईको भनाइ थियो ।

उनले अहिलेको समस्या समाधानका लागि सबै पक्ष, राजनीतिक दल एक हुनुपर्छ भन्ने पक्षमा जनता समाजवादी पार्टीको चाहना रहेको बताए ।

“संसद् विघटनको विषयमा मूख्य रुपमा नेपाली कांग्रेसको अलि बढी अस्पस्टता भयो, कांग्रेसमा दुई धार प्रस्ट देखिएको छ”, डा भट्टराईले भने, “प्रचण्ड–नेपाल पक्षको ओली पक्षसँग निर्णायक सम्बन्ध विच्छेद त्यसको कारण रहेको छ ।”

कुनै व्यक्तिलाई सविधानविपरित अनाधिकृत ढङ्गले संविधानका आधारभूत कुरालाई भत्काउने अधिकार दिइयो भने भोलि चुनाव पछि आउने सरकारले पनि भत्काउँछ, फेरि त्यसपछि आउनेले पनि भत्काउँछ, त्यसो गर्दा संविधान त ध्वस्त हुन्छ”, डा भट्टराईले भने ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ०६ बजे

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको