मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन् ।

प्रहरीले पक्राउ परेका १४ वर्षीय दुई किशोरको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–४ स्थित राममन्दिरमा पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं को २०० सीसीको रातो रङको पल्सर मोटरसाइकल बिहीबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा थिङसहितका चार जनालाई सुडालबाट पक्राउ गरिएको हो ।

सूर्यविनायक नगरपालिका–८ थापा पार्टी प्यालेस बस्ने राजन पोतामाहाले रामन्दिरबाट मोटरसाइकल चोरी भएको जानकारी प्रहरीको १०० नम्बरको कन्ट्रोलमा दिएको र सो घटनाको अनुसन्धानका क्रममा सवारी जाँच गर्दा थिङलगायतलाई सुडालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

“सुडालको रानीबारीमा प्रहरी प्रभाग सुडालका प्रहरी सहायक निरीक्षक पुष्कर थापा नेतृत्वको टोलीले सवारी जाँच गर्नेक्रममा ती चार जनालाई मोटरसाइकल डोर्‍याउँदैं ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो,” उनले ।

पक्राउ गरेकालाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही भइरहेको र १४ वर्षीय दुई किशोरलाई भक्तपुर कै बाल सुधारगृहमा राखी कारवाही भइरहेको प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ०७ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा