मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन् ।

प्रहरीले पक्राउ परेका १४ वर्षीय दुई किशोरको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–४ स्थित राममन्दिरमा पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं को २०० सीसीको रातो रङको पल्सर मोटरसाइकल बिहीबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा थिङसहितका चार जनालाई सुडालबाट पक्राउ गरिएको हो ।

सूर्यविनायक नगरपालिका–८ थापा पार्टी प्यालेस बस्ने राजन पोतामाहाले रामन्दिरबाट मोटरसाइकल चोरी भएको जानकारी प्रहरीको १०० नम्बरको कन्ट्रोलमा दिएको र सो घटनाको अनुसन्धानका क्रममा सवारी जाँच गर्दा थिङलगायतलाई सुडालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

“सुडालको रानीबारीमा प्रहरी प्रभाग सुडालका प्रहरी सहायक निरीक्षक पुष्कर थापा नेतृत्वको टोलीले सवारी जाँच गर्नेक्रममा ती चार जनालाई मोटरसाइकल डोर्‍याउँदैं ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो,” उनले ।

पक्राउ गरेकालाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही भइरहेको र १४ वर्षीय दुई किशोरलाई भक्तपुर कै बाल सुधारगृहमा राखी कारवाही भइरहेको प्रनाउ गिरीले बताए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ०७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया