सेवा छिटो र प्रभावकारी बनाउन सरकारले सुरु गर्‍यो ‘नागरिक एप’ « Khabarhub

सेवा छिटो र प्रभावकारी बनाउन सरकारले सुरु गर्‍यो ‘नागरिक एप’


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिको उच्चतम् प्रयोगलाई व्यापकता गराउँदै सरकारले नयाँ एप्सको विकास र नमूना परीक्षण शुरु गरेको छ ।

उक्त एप्समा नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको नम्बरलाई आफ्नो नाममा रहेको मोबाइलबाट एक ‘क्लिक’ गरेपछि त्यहाँबाट आफ्ना सबै विवरण स्वतः प्राप्त हुनेछ र त्यसैका आधारमा सम्बन्धित कार्यालय तथा सेवासँग सिधै पहुँच स्थापित हुनेछ ।

यो नयाँ कार्यक्रमले नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य लिएको छ ।

नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

विगतका कतिपय कार्यालयले प्रविधिको प्रयोग गरी केही अभ्यास नगरेको होइन तर त्यो अलि प्रभावकारी नभएको गुनासो आइरहेका बेला सरकारले अझै उच्चस्तरको प्रविधिको प्रयोग गरी कागजात बोक्ने र लाइन बस्ने झन्झटको अन्त्य गर्ने पहलका रुपमा सो एप्सको कार्यक्रम ल्याएको हो ।

अब आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्रजस्ता कागजात साथमा बोकेर हिडिरहनु पर्ने झन्झट हुँदैन । एप्समा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखानम्बर (प्यान) प्राप्त गर्ने प्रक्रिया थाल्न सकिन्छ ।

हाल गृह मन्त्रालममा दुई करोड १५ लाख नागरिकताको डिजिटल विवरण भण्डार भइसकेको छ । मतदाता परिचयपत्रका आधारमा औँठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । झण्डै ६५ लाख बढी नागरिकको राहदानीको विवरण परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागमा सुरक्षित छ । यी तीनै स्थानमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

सरकारले २०७६ कात्तिक ५ गते मूलुकको आर्थिक रुपान्तरण र समृद्धिमा सूचना प्रविधिका माध्यमबाट सघाउन ल्याएको ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएपछि यो एप्स यस क्षेत्रमा एक महत्वपूर्ण कडी मानिएको छ । समय सापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत् विभिन्न सेवा क्षेत्र र निकायका कार्यान्वयनको कार्यायोजना समेटिएको उक्त फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को २०७६ कात्तिक ५ गतेको बैठकले पारित गरेको थियो ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि ‘एन्ड्रोइड’ मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एक स्टोरबाट सो एप डाउनलोड गर्न सक्नेछन् । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिनेछ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : ५० बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा