आफूलाई छोडेकी आमा खोज्दै नेरिस्का « Khabarhub

आफूलाई छोडेकी आमा खोज्दै नेरिस्का


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अनाथ आश्रममा हुर्किरहेकी एक १० वर्षीया बालिकाले आफ्नो आमालाई खोज्ने कथा प्रस्तुत गरिएको सांगीतिक फिल्म ‘आमा कहाँ खोजुँ ?’को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा आफूलाई जन्माएर आमाले खोलाको बगरमा छोडेपछि ठूली भएर तिनै आमा खोज्ने बालिका नेरिस्का स्थापितको कथालाई देखाइएको छ ।

अशोक थापा मगरले निर्देशन गरेको फिल्ममा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय छ ।

‘आमा कहाँ खोजुँ ? नेपाली समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो’, निर्देशक मगर भन्छन्, ‘फिल्ममा आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पीडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जीवनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ ।’

फिल्ममा निर्देशक अशोक र राजु थापा मगरको संगीत, गिताञ्जली थापा मगरको स्वर, दीपक बज्राचार्यको छायांकन छ । फिल्मका निर्माता टेकबहादुर थापा र राजु थापा हुन् ।

https://www.youtube.com/watch?v=SuStBHCEF3o

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : २५ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र