‘आरआरआर’मा आलियाको दुई गीत « Khabarhub

‘आरआरआर’मा आलियाको दुई गीत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’लाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार यो फिल्मका लागि अभिनेत्री आलिया भट्टले आफ्ना लागि दुई गीत गाउनेछिन् ।

आलियाले यसअघि इम्तियाज अलीको फिल्म ‘हाइवे’ र शशांक खेतानको फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’मा गीत गाइसकेकी छन् ।

दक्षिण भारतीय फिल्मका सुपरस्टार राम चरण र जुनियर एनटीआर अभिनित फिल्ममा आलियाले एक गीत र एक डान्सिङ नम्बरमा आफ्नो स्वर दिनेछिन् । फिल्मको हिन्दी भर्सनका लागि उनले दुई गीत गाउनेछिन् ।

यो फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम र कन्नड भाषामा अक्टोबर १३ मा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगन, श्रीया सरन र आलियाको पनि अभिनय रहनेछ । निर्माता डीवीवी दानय्याले फिल्मको सुटिङ तालिका अन्तिम अवस्थामा पुगेकाले दर्शकमाझ ल्याउनका लागि उत्साहित भएको बताए ।

फिल्म युनिट हाल क्लाइमेक्सको छायांकनमा व्यस्त छ । फिल्मको बजेट ४ सय ५० करोड रुपैंयाँ रहेको छ ।
–एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ३५ बजे

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन, पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइए

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका