उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत « Khabarhub

उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जना नेपाली रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ।

उनीहरुमध्ये तीन जना नेपालीको सनाखत भएको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले बताए।

उनका अनुसार मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका हुन्। उनीहरु सोहन चौधरी, शंकर चौधरीर विष्णु मल्ल रहेको पाण्डेयले बताए।

अझै पनि १३० जना वेपत्ता छन्। वेपत्तामध्ये ३२ जना जलविद्युत आयोजनाको सुरुङभित्र रहेका छन्।

उनीहरुको खोजी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

अहिलेसम्म सुरुङभित्र पाँच जनाको शव फेला परेको छ। उद्धारमा खटिएको टोलीले  सुरुङभित्र मजदूर सुरक्षित रहेको विश्वास गरेको छ।

गत २५ माघ हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्‌गृह बगाएको थियो। विद्युतगृहमा काम गरिरहेका मजदूरहरु बाढीको चपेटामा परेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ११ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६