उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत « Khabarhub

उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जना नेपाली रहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ।

उनीहरुमध्ये तीन जना नेपालीको सनाखत भएको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले बताए।

उनका अनुसार मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका हुन्। उनीहरु सोहन चौधरी, शंकर चौधरीर विष्णु मल्ल रहेको पाण्डेयले बताए।

अझै पनि १३० जना वेपत्ता छन्। वेपत्तामध्ये ३२ जना जलविद्युत आयोजनाको सुरुङभित्र रहेका छन्।

उनीहरुको खोजी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

अहिलेसम्म सुरुङभित्र पाँच जनाको शव फेला परेको छ। उद्धारमा खटिएको टोलीले  सुरुङभित्र मजदूर सुरक्षित रहेको विश्वास गरेको छ।

गत २५ माघ हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्‌गृह बगाएको थियो। विद्युतगृहमा काम गरिरहेका मजदूरहरु बाढीको चपेटामा परेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ११ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन