भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे, डेढ लाखभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे, डेढ लाखभन्दा बढीको मृत्यु


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

साथै कोभिड–१९ संक्रमितमध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।

विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ ।

भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर करिब ८३ लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।

यसैबीच, आइतबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन चार लाख ८६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।

विश्वभर कोभिड–१९ बाट करिब १० करोड १९ लाख व्यक्ति संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा चार लाख ९७ हजार, ब्राजिलमा दुई लाख ३९ हजार, मेक्सिकोमा एक लाख ७४ हजार, बेलायतमा एक लाख १७ हजार, इटालीमा ९३ हजार र फ्रान्समा ८१ हजारको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १ : ४० बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप