कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध « Khabarhub

कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सुचित गरेको हो ।

कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह) का विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको हो ।

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययन गरी २०७८ सालमा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धिको परीक्षा दिन चाहने विद्यार्थीले पनि सो फाराम भर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी सम्बन्धित विद्यालयमार्फत आगामी चैत २२ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा आवेदन पेश गर्न बोर्डले विद्यार्थी र सम्बन्धित विद्यालयहरुलाई सूचित गरेको छ ।

त्यस्तै ११ कक्षाका विद्यार्थीहरुलाई रजिष्टेशन आवेदन फाराम भर्न पनि बोर्डले सूचित गरेको छ ।

शैक्षिक सत्र २०७७/७८ मा ११ कक्षामा भर्ना भएका विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको मिति २०७७/०६/०२ गतेको सूचना बमोजिम तोकिएको भर्नाका आधारलाई पालना गरी रजिष्टेशन आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।

प्रति विद्यार्थी चार सयका दरले रजिष्टेशन बापत लाग्ने रकम बोर्डको सम्बन्धित कार्यालयको खातामा जम्मा गरी फागुण मसान्त सम्ममा आवेदन फारम बुझाउनुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : १० बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र