विश्वका ६१ देशमा फाइभजी सेवा शुरु | Khabarhub Khabarhub

विश्वका ६१ देशमा फाइभजी सेवा शुरु


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फाइभजी सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरु लामो समयदेखि प्रतीक्षामा छन् । नेपालमा पनि फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएको छ ।

योसँगै नेपालमा फाइभजी सेवा विस्तारको बाटो खुलेको छ । यद्यपि यसका लागि भने केही समय लाग्नेछ ।

विश्वका ६१ देशमा भने फाइभजी सेवा शुरु भइसकेको छ । ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसनको रिपोर्ट अनुसार जनवरी २०२१ सम्ममा विश्वका ६१ देशका १ सय ४४ अपरेटरले कमर्सियल फाइभजी सर्भिसको शुरु गरिसकेका छन् ।

अन्य केही देश पनि आफ्नो देशमा फाइभजी सेवा शुरु गर्न लागिपरेका छन् । अहिले विश्वभर फाइभजी टेस्टिङ र ट्रायलको प्रक्रिया चलिरहेको छ ।

छिमेकी मुलुक भारतमा पनि फाइभजी शुरु हुने प्रक्रियामा रहेको छ । भारत सरकारले फाइभजीका लागि आवश्यक पर्ने इन्फ्रास्टक्चर विकास गरिरहेको छ ।

फाइभजी पछिल्लो समयको द्रुत गतिको इन्टरनेट सेवा हो । यो इन्टरनेट हामीले अहिले प्रयोग गरेको इन्टरनेटको तुलनामा निकै स्पिडमा चल्छ ।

फाइभजीको स्पिड प्रतिसेकेन्ड २० गिगाबाइटसम्म हुने बताइएको छ । यसका लागि फाइभजी सपोर्ट गर्ने डिभाइसको आवश्यक पर्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : ५० बजे

एमालेका भ्रातृ संगठनमा निर्वाचन निषेध, सर्वसम्मतिका नाममा सबैमा ‘टीकेप्रथा’

काठमाडौं– नेकपा एमालेका २२ वटा जनसंगठनमध्ये १० वटाको महाधिवेशन भइसकेको

परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय

 कामदारको हत्या आरोपमा दम्पती पक्राउ

म्याग्दी– धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक

पत्रकारविरूद्ध लेखेको स्ट्याटस हटाएकै दिन सचिव सुवेदीको सरूवा

धनगढी– सामाजिक सञ्जालमा पार्टीको पक्षपोषण हुने गरि सरकारकै विरुद्धमा अभिव्यक्ति दिने