विश्वका ६१ देशमा फाइभजी सेवा शुरु « Khabarhub

विश्वका ६१ देशमा फाइभजी सेवा शुरु


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फाइभजी सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरु लामो समयदेखि प्रतीक्षामा छन् । नेपालमा पनि फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएको छ ।

योसँगै नेपालमा फाइभजी सेवा विस्तारको बाटो खुलेको छ । यद्यपि यसका लागि भने केही समय लाग्नेछ ।

विश्वका ६१ देशमा भने फाइभजी सेवा शुरु भइसकेको छ । ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसनको रिपोर्ट अनुसार जनवरी २०२१ सम्ममा विश्वका ६१ देशका १ सय ४४ अपरेटरले कमर्सियल फाइभजी सर्भिसको शुरु गरिसकेका छन् ।

अन्य केही देश पनि आफ्नो देशमा फाइभजी सेवा शुरु गर्न लागिपरेका छन् । अहिले विश्वभर फाइभजी टेस्टिङ र ट्रायलको प्रक्रिया चलिरहेको छ ।

छिमेकी मुलुक भारतमा पनि फाइभजी शुरु हुने प्रक्रियामा रहेको छ । भारत सरकारले फाइभजीका लागि आवश्यक पर्ने इन्फ्रास्टक्चर विकास गरिरहेको छ ।

फाइभजी पछिल्लो समयको द्रुत गतिको इन्टरनेट सेवा हो । यो इन्टरनेट हामीले अहिले प्रयोग गरेको इन्टरनेटको तुलनामा निकै स्पिडमा चल्छ ।

फाइभजीको स्पिड प्रतिसेकेन्ड २० गिगाबाइटसम्म हुने बताइएको छ । यसका लागि फाइभजी सपोर्ट गर्ने डिभाइसको आवश्यक पर्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : ५० बजे

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय