प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले गर्‍यो ७७ वटै जिल्लामा प्रदर्शन (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले गर्‍यो ७७ वटै जिल्लामा प्रदर्शन (भिडियोसहित)


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सोमबार देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत सोमबार विरोध प्रदर्शन र सभा गरेको हो ।

काठमाडौंको  योजना गरिएको विरोधसभा अघि काठमाडौंको विभिन्न भागबाटजुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए ।

असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्‍याली त्यहाँ विरोध सभामा परिणत भएको थियो ।

सभामा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतन्त्र खतरामा परेको धारणा राखेका थिए ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचनका निम्ती कांग्रेस तयार भएपछि संसद बिघटन गर्ने कदम भने संविधानमाथिको आक्रमण भएको बताए ।

त्यस्तै कांग्रेस नेता भीमसेनदास प्रधानले मुलुकमा कोरोना, रोजगारी , युवाहरुको समस्या रहेपछि प्रधानमन्त्री भने सत्ता जोगाउन लागेको आरोप लगाए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५