बजेटको अभावमा खोप अभियान प्रभावित हुन दिँदैनौं : राज्यमन्त्री राउत | Khabarhub Khabarhub

बजेटको अभावमा खोप अभियान प्रभावित हुन दिँदैनौं : राज्यमन्त्री राउत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ’कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रियामा राज्यमन्त्री राउतले बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र अन्य निकायसँग समन्वय गर्न समेत तयार रहेको बताए ।

उनले सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन आग्रह गरे ।

कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मूल्यको आधारमा नेपालमा मान्यता दिइएको उनले बताए ।

त्यस्तै उनले कोरोना नियन्त्रणमा सरकारले उत्कृष्ट काम गर्न सफल भएको  समेत दाबी गरे ।

कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा अनुप बास्तोला सरकारले ५५ वर्ष माथि व्यक्ति र दीर्घ रोगीहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ३१ बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्