ओलीलाई नेता कोइरालाको प्रश्न : नारायणहिटी अगाडि सभा गरेर के ‘महाराजा’ बन्न खोज्नुभएको हो ? « Khabarhub

ओलीलाई नेता कोइरालाको प्रश्न : नारायणहिटी अगाडि सभा गरेर के ‘महाराजा’ बन्न खोज्नुभएको हो ?


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।

सरकारको असंवैधानिक कदमको विरुधमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले ओलीलाई प्रश्न गरे “के महाराजा बन्न लालायित भएको हो ? राजाहरुले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको हो ?”

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ धकेलिएको उनले बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको बताए।

नेता कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए।

“संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौं” उनले भने।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ७ : १८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी