ओलीलाई नेता कोइरालाको प्रश्न : नारायणहिटी अगाडि सभा गरेर के ‘महाराजा’ बन्न खोज्नुभएको हो ? « Khabarhub

ओलीलाई नेता कोइरालाको प्रश्न : नारायणहिटी अगाडि सभा गरेर के ‘महाराजा’ बन्न खोज्नुभएको हो ?


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलिले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।

सरकारको असंवैधानिक कदमको विरुधमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले ओलीलाई प्रश्न गरे “के महाराजा बन्न लालायित भएको हो ? राजाहरुले झैं म जे भन्छु त्यही कानून हो भन्न खोजेको हो ?”

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ धकेलिएको उनले बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको बताए।

नेता कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए।

“संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौं” उनले भने।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ७ : १८ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।