आर्सनलको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

आर्सनलको संघर्षपूर्ण जित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सीमित टोटेनहमलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।

खेलको ३३औँ मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

७६औँ मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै आर्सनल २८ खेलमा ४१ अंकसहित लिगको दशौँ स्थानमा छ । टोटेनहम ४५ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी