ट्रक र बोलेरो एक आपसमा ठोक्किँदा एकको मृत्यु « Khabarhub

ट्रक र बोलेरो एक आपसमा ठोक्किँदा एकको मृत्यु


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो ।

ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

घटना आज बिहान ३ः१५ बजे भएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ०९ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण