सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन पक्राउ « Khabarhub

सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन पक्राउ


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेका छन् ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले प्रिफेस टेक्नोलोजी प्रालिले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई चैत १ गतेको काठमाडौँ जिल्ला अदालतको आदेशले छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताए । अन्य सञ्चालक फरार रहेकाले खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : १५ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष