भोजपुरी र मैथिली भाषा सिक्न तराईमा विपिन « Khabarhub

भोजपुरी र मैथिली भाषा सिक्न तराईमा विपिन


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले अभिनय गरेका प्रत्येक फिल्ममा फरक–फरक गेटअप देखिएर दर्शकको मन जितेका अभिनेता विपिन कार्की यतिबेला नयाँ फिल्म ‘विवेक’को तयारीमा छन् ।

निर्माता माधव वाग्लेको डेब्यू निर्देशन रहने यो फिल्मका लागि गत चैत २८ गतेबाट जनकपुरमा अडिसन भइरहेको छ ।

माधवकै फिल्म ‘छड्के’बाट फिल्मी अभिनयमा पाइला चालेका विपिन यतिबेला तराईको रहनसहनलाई नजिकबाट नियाल्न तराई यात्रामा छन् ।

‘फिल्मको छायांकन जनकपुर र वीरगन्जको सेरोफेरोमा हुने भएकाले आफू यहाँको परिवेश र फरक समुदायमा भिज्नका लागि यहाँ आएको हुँ’, विपिनले भने,‘विवेक नेपाली फिल्म भए पनि यसमा मैथिली र भोजपुरी संवाद पनि राखिएका छन् । त्यहीकारण यी भाषा सिक्न र रहनसहन बुझ्न तराईमा छु ।’

निर्देशक वाग्लेले फिल्मले तराई क्षेत्रको कथा समेट्ने भएकाले तराईकै कलाकारहरुलाई फिल्ममा प्राथमिकता दिइने बताए । लोकनाथ कोइरालाको लेखन रहेको फिल्म नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ३० बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने