दरबारिया शैलीमा विवाह गर्ने यी सेलिब्रेटी « Khabarhub

दरबारिया शैलीमा विवाह गर्ने यी सेलिब्रेटी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड होस् या हलिउड, यहाँ काम गर्ने जोकोही कलाकारको व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा दर्शकलाई अधिक चासो हुन्छ । दर्शकलाई सेलिब्रेटीको प्रेमजीवन वा विवाहको बारेमा बढी चासो हुन्छ ।

आजतकमा प्रकाशित समाचारअनुसार बलिउड र हलिउडमा यस्ता केही कलाकार छन्, जो शाही परिवारको प्रतिनिधित्व गर्छन् । त्यहीकारण उनीहरुको विवाह पनि दरबारिया शैलीमा भएको थियो ।

अभिनेता आमिर खानकी श्रीमति किरण राव शाही घरानासँग सम्बन्ध राख्छिन् । उनी फिल्ममा कहिल्यै देखिइनन्, तर उनले कैयौं फिल्मको निर्देशन चाहिँ गरेकी छन् ।

किरणका हजुरबुवा जे.रामेश्वर तेलंगाना राज्यको महबुबनगरका महाराज थिए । त्यसपछि उनको विरासतलाई किरणका पिता अर्थात् रामेश्वरका छोराले सम्हाले ।

किरण र आमिरको विवाह सन् २००५ मा भएको थियो । उनीहरुको एक छोरा आजाद राव खान छन् ।

अभिनेत्री करिना कपूर खान बलिउडकी प्रख्यात अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा पति सैफ अली खानसँगको हरेक तस्वीर शेयर गर्छिन् ।

यो जोडीले सन् २०१२ को अक्टोबरमा विवाह गरेका थिए । पिता मंसूर अली खानको निधन पछि सैफ पटौदीको नवाब बनेका थिए ।

सन् २०१६ मा अभिनेत्रीले छोरा तैमूर अली खान पटौदीलाई जन्म दिए । उनले गत फेब्रुअरी २०२१ मा कान्छा छोरालाई जन्म दिएकी थिइन् ।

अभिनेता सोहा अली खान पटौदी नवाब सैफ अली खानकी बहिनी हुन् । उनी सामाजिक सञ्जालमा पति कुणाल खेमू र छोरी इनायाको तस्वीर शेयर गरिहन्छिन् ।

कुणाल र सोहाको भेट एक फिल्मको सुटिङमा भेट भएको थियो । उनीहरुले सन् २०१५ मा विवाह गरे र सन् २०१७ मा छोरी इनायालाई जन्म दिए ।

हलिउड अभिनेत्री मेघन मर्कलले प्रिन्स ह्यारीसँग सन् २०१८ को मे १९ मा विवाह गरिन् । यो विवाहपछि उनलाई डचेस अफ सक्सेसको उपाधि दिइयो ।

मेघनलाई सिरिज ‘सुट्स’ले लोकप्रियता दिलाएको थियो । उनीहरुको एक छोरा आर्ची छ । यो जोडी चाँडै नै नयाँ सन्तानलाई संसारमा स्वागत गर्दैछन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : २० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र