पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण « Khabarhub

पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले तनहुँ शाखाका सदस्य तथा दमौली न्युज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको घटनाप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सेनाजस्तो जिम्मेवार सैनिक अधिकारीबाट पत्रकार पौडेलमाथि गरिएको हर्कत आफैँमा निन्दनीय भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहोर्‍याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

वैशाख १ गते नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास-५ चापाघाटस्थित कालिभञ्जन गणका सैनिक कमाण्डरले पत्रकार पौडेललाई दुर्व्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ०१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको