पोखरामा निषेधाज्ञा उलंघन गर्ने ८ सय जना प्रहरी नियन्त्रणमा « Khabarhub

पोखरामा निषेधाज्ञा उलंघन गर्ने ८ सय जना प्रहरी नियन्त्रणमा


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

स्थिति भयावह हुन् नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो ।

शनिबारबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ । अनावश्यक हिँडडुल गर्ने झन्डै ८ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजुदरलाई समेत रोक लगाइएको छ ।

प्रशासनले शानिबारदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने आदेश जारी गरेकाले कार्यस्थलमा जान हिडेँका व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताए ।

पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उनको भनाइ छ । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिइएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले