नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै | Khabarhub Khabarhub

नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)को उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ ।

काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे ।

धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने योजना सुनाउँदै जित आफ्नै पक्षमा हुने दाबी गरे । उनले अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलका साथ खेल्ने बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ५९ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई