केही दिन बोल्न छाडेर महामारीमा केन्द्रित भइदिन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह « Khabarhub

केही दिन बोल्न छाडेर महामारीमा केन्द्रित भइदिन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गरेका छन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडिदिन पनि आग्रह गरेका छन् ।

‘अब केही दिन, मात्र केही दिन, छाडिदिनुहोस् पार्टी भित्रको विवाद मिलाउन वा चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुहोस्,’ थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताएका छन् । पुनःनियुक्ति पाएका प्रधानमन्त्रीले अब कोरोना महामारीसँग जुध्नका लागि साँच्चिकै प्रयत्न गरेर लाग्नुपर्ने थापाको भनाइ छ ।

‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइ सकेका छौं । अझ कति गुमाउने हो थाहा छैन । यीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो । अझै पनि बचाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘तर, कामनाले मात्रै यो सम्भव छैन, काम चाहिएको छ । प्रार्थनाले मात्रै सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ ।’

नेता थापाले केही दिनका लागि बोल्न समेत छाडिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । ‘केही दिनलाई सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोकिदिनुहोस्,’ थापाले भनेका छन्, ‘केही दिनलाई बोल्न बन्द गरिदिनुहोस्, यथार्थलाई स्वीकार गर्नुहोस्, अनि तपाईंको मन, ध्यान, तपाईंको सम्पूर्ण शक्ति, तपाईंको समय, सम्पूर्ण, शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुहोस् ।’

प्रधानमन्त्री ओलीका विचार र व्यवहार तथा वचन र कर्मप्रति आफ्ना पनि थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै थापाले कोरोनाविरुद्धको युद्धमा लाग्नका लागि आफू आफ्ना असहमतिहरुलाई थाती राख्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : ३५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२