रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइयो « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइयो


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइएको छ । सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर रथलाड्ढ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याएका हुन् ।

हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तितरुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुसी व्यक्त गरे । उनले भने, “पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट हामीले सुस्तरीसुस्तरी रथ तानेर परम्परा धान्यौँ ।” सो स्थानमा उपस्थित भक्तजनले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्व तवरले शदियौँ वर्षअघिदेखि मान्दै आएको चलन जोगाउन सहयोग गरेको उनको भनाइ थियो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम आज सकिएको बताए । उनले भने, “लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखियो । आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने र रथ फुकाल्ने काम अघि बढ्नेछ ।”

खड्गी अनि धिमेलगायत बाजा बजाएर सोको धुनमा करुणामयको रथ श्रद्धा र भक्तिका साथ तानिएको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ०१ बजे

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु (तस्बिरहरू)

काठमाडौं- काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक

नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग