काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो, यस्ता काममा हुने छैन रोकतोक (सूचीसहित) « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो, यस्ता काममा हुने छैन रोकतोक (सूचीसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियत्रणका लागि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आज देखि केही खुकुलो बनाइएको छ ।
महामारी नियन्त्रणका लागि भन्दै फेरि एक साता थपेर असार ७ गतेसम्म लागू भएको निषेधाज्ञा यस पटक केही खुकुलो पारिएको छ ।

आइतबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय गरेको थियो ।

मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्ने छैन भने खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यस्तै विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपराह्न ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।

यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।

– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।

– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।

– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने ।

– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।

– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।

– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।

– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।

– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।

– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।

अबको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन विस्तृतमा हेर्नुस आदेश

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : १० बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत