काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो, यस्ता काममा हुने छैन रोकतोक (सूचीसहित) | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो, यस्ता काममा हुने छैन रोकतोक (सूचीसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियत्रणका लागि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आज देखि केही खुकुलो बनाइएको छ ।
महामारी नियन्त्रणका लागि भन्दै फेरि एक साता थपेर असार ७ गतेसम्म लागू भएको निषेधाज्ञा यस पटक केही खुकुलो पारिएको छ ।

आइतबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय गरेको थियो ।

मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्ने छैन भने खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यस्तै विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपराह्न ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।

यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु

– औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।

– शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबात पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

– वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु संञ्चालन गर्ने ।

– तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।

– पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु – छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने ।

– अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।

– सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।

– विवाह बर्तबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने ।

– ब्रतवबन्ध वा विवाहमा एउटा गाडी प्रयोग गर्न पाइने ।

– हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।

– हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।

अबको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन विस्तृतमा हेर्नुस आदेश

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : १० बजे

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा