समयमै उद्योगहरु स्थापना नगरिए सेज व्यर्थ हुनेछ : संसदीय समिति « Khabarhub

समयमै उद्योगहरु स्थापना नगरिए सेज व्यर्थ हुनेछ : संसदीय समिति


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- संसदीय समितिले विशेष आर्थिक क्षेत्र (सेज) मा समयमै उद्योगहरु स्थापना नगरिए व्यर्थ हुने सुझाएको छ ।

चीन-पाकिस्तान आर्थिक कोरीडोर (सीपीईसी) को संसदीय समितिले एक प्रतिवेदन सार्वजनिक गर्दै समयमै उद्योग स्थापना नगरिए विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना व्यर्थ हुने बताएको हो ।

एमएनए शेर अफताब अलीको अध्यक्षतामा सीपीईसीको संसदीय समितिको ३७औँ बैठकमा सेजमा प्लान्ट बिक्री र रद्द गर्ने विषयलाई छिटो नै सुल्झाउनु पर्ने बताइएको छ । उक्त कामहरु चाँडो गरिए सेजमा उद्योग स्थापना गर्ने प्रक्रियालाई अघि बढाउन सहज हुने सुझाइएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा एमएनए नूर आलम खान, सदाकत अली खान अब्बासी, मीर खान मुहम्मद जमाली, नफीसा इनायतुल्ला खान खट्टक, घूसबक्स खान महार, सरदार अयाज सादिक, मुर्तजा जावेद अब्बासी, मेहनाज अकबर अजीज, मुहम्मद असलम भूटानी लगायत अन्य उपस्थित थिए ।

समितिले ब्यापार गर्न सहज हुने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । पाकिस्तानमा व्यापक स्थानीय र विदेशी लगानी आकर्षित गर्न सकिए मुलुकको उन्नतीका ढोकाहरु खुल्ने पनि अपेक्षा गरिएको छ ।

उक्त समितिलाई योजना मन्त्रालयका अतिरिक्त सचिव, रक्षा मन्त्रालयका सचिव, लगानी बोर्ड, पेट्रोलियम डिभिजन, रेल मन्त्रालय र अन्यले सीपीईसी फ्रेमवर्क, मुख्यलाइन एमएल १० अन्तर्गतका परियोजनाहरूको सुरक्षाका उपायहरूको बारे पनि जानकारी गराएका थिए । कम्पोनेन्टमा विशेष फोकस र अद्यावधिक प्रगतिको साथ परियोजना सञ्चालन गर्न सकिने बताइएको छ ।

समितिले सम्बन्धित क्षेत्रका उद्योगलाई प्रोत्साहित गर्नुपर्ने, पाकिस्तानमा स्थापना भएका सेजहरूले यस क्षेत्रका अन्य देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।

यसबाहेक, कृषि र औद्योगिक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुको अलावा पर्यटनको उपयुक्त सम्भावनाको खोजी गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

सीपीईसी फ्रेमवर्क अन्तर्गत देशमा एकीकृत पर्यटन क्षेत्र स्थापना गरेर धेरै राजस्व र रोजगारीका अवसरहरू उत्पन्न गर्न सकिनेमा जोड दिइएको छ ।

स्रोत : ट्रिव्युन 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ५५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था