मधुबालाको हाँसोले रोकिएको थियो ‘मुगल–ए–आजम’को सुटिङ « Khabarhub

मधुबालाको हाँसोले रोकिएको थियो ‘मुगल–ए–आजम’को सुटिङ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडमा एपिक फिल्महरुमध्ये ‘मुगल–ए–आजम’ सर्वाधिक लोकप्रिय फिल्म मानिन्छ । के आसिफले निर्देशन गरेको यो फिल्ममा अनारकली र शहजादे सलीमको सुन्दरता, पीडा र अधुरो प्रेमकथालाई आसिफले निकै सुन्दरताले पर्दामा उतारेका थिए । जुन कथाको चर्चा अहिलेको पुस्तामा पनि उत्तिकै हुने गरेको छ ।

यो फिल्म निर्माण हुन १४ वर्ष लागेको थियो । फिल्म ब्ल्याक एण्ड ह्वाइटमा रिलिज भएको थियो । त्यसपछि यो फिल्मलाई पुनः रंगीनमा ढालेर देखाइएको थियो ।

करिब डेढ करोडको लागतमा निर्माण भएको यो फिल्म तत्कालीन समयमा सर्वाधिक महंगो फिल्ममा पर्दथ्यो । फिल्मले बक्सअफिसमा ११ करोड रुपैंयाँको कारोबार गरेको थियो ।

‘तानसेनको आवाज’ गीत बनाउनका लागि के आसिफले गुलाम अली खानलाई २५ हजार रुपैंयाँ दिएका थिए । त्यो समयमा यो रकम सर्वाधिक बढी थियो । जबकी त्यो समयमा गायक मोहम्मद रफी एक गीत गाएवापत तीन सय रुपैंयाँ पारिश्रमिक बुझ्दथे ।

अकबारले सलीमको दरबार माग्न जाने दृश्यलाई जीवन्तता दिनका लागि पृथ्वीराज कपूर र साथीसँगै निर्देशक के आसिफ पनि पैदल गएका थिए ।

यो फिल्मलाई ऐतिहासिक बनाउनका लागि निर्देशक आसिफले सक्कली गहनाकै प्रयोग गरेका थिए । जस्तो कि जोधाबाईका लागि नक्कली मोति लगाउने तयारी भइरहेको थियो । तर आसिफ यो प्रस्तावलाई मान्न तयार भएनन् किनकी उनले नक्कली मोती काँचको हुनाले त्यो मोती भुइँमा झर्दा आवाज नआउने उनको बुझाई थियो ।

त्यस्तै जोधाबाईको पूजा घरमा पनि उनले सक्कली सुनको कृष्णमूर्ति राखेका थिए । सलीमको घर फर्किदाको समय मुख्य ढोकाको बाहिर एक दृश्य खिच्नका लागि आसिफले कैयौं दिनसम्म सुटिङ रोकेका थिए । किनकी घर अगाडि बिजुलीका खम्बा थिए । त्यसलाई आसिफ हटाउन चाहन्थे । तर प्रशासनले त्यो हटाउन अनुमति दिएको थिएन ।

‘वीनस’ नामले लोकप्रिय मधुबालाले फिल्ममा अनारकलीको भूमिका निर्वाह गरेकी थिइन् । रोचक कुरा के थियो भने मधुबालाको हाँसोका कारण फिल्मको सुटिङ ७ दिनसम्म हुन सकेन ।

फिल्ममा शहंशाह अकबर (पृथ्वीराज कपूर), उनकी श्रीमति महारानी जोधाबाई (दुर्गा खोटे) र सलीम (दिलीप कुमार) को अगाडि अनारकली (मधुबाला) उभिएको दृश्य खिच्नुपर्ने थियो ।

यो दृश्यमा मधुबालालाई विवश र लाचार महिलाको हाउभाउ देखाउनुपर्ने थियो । तर यो दृश्यमा उनी पटक–पटक हाँसिन् । जसकारण फिल्मको सुटिङ रोक्नुपरेको थियो । एकहप्तासम्म यो सिलसिला चलेपछि मात्र आठौं दिनमा सुटिङ पुरा भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : १० बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति