निशालाई आर्थिक सहयोग गर्ने दाता बढ्दै « Khabarhub

निशालाई आर्थिक सहयोग गर्ने दाता बढ्दै


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई सहयोग गर्ने दाताहरुको संख्या दिनानुदिन बढिरहेको छ । दाताहरु निशाको भैसेपाटीस्थित घरमा पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग गरिरहेका छन् ।

उनलाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट ५१ हजार प्रदान गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार निशालाई यसअघि पनि बोर्डबाट सहयोग भएको थियो ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धरबाट २५ हजार, अभिनेत्री रेजिना उप्रेतीबाट १० हजार, अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलबाट २२ हजार, प्रकाश थापाबाट १० हजार, नेपाल म्युजिक भिडियो कलाकार संघबाट २० हजार सहयोग भएको छ ।

यसैगरी गायक शिव परियार १० हजार र अभिनेत्री आँचल शर्मा एक लाख रुपैंयाँ सहयोग गरेकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि निशाको उपचारार्थ ५१ हजार रुपैंयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र निवर्तमान अध्यक्ष बद्री पंगेनीसहितको टोली अस्पताल पुगेर निशालाई आर्थिक सहयोग गरेको हो ।

निशाका पिता प्रेमले छोरीको उपचारमा हालसम्म ३० लाख बढी खर्च भइसकेको जानकारी दिए ।

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा गम्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

निशाको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  २ : ३० बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज