कर्णालीमा एमाले संसदीय दलको बैठकमा तीन सदस्य अनुपस्थित, ज्वाला सहभागी | Khabarhub Khabarhub

कर्णालीमा एमाले संसदीय दलको बैठकमा तीन सदस्य अनुपस्थित, ज्वाला सहभागी


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनः बहाली भएका प्रदेशसभाका तीन सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन् ।

पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये प्रकाश ज्वाला भने मंगलबारको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ ।

आज बिहानको दलको बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ । संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि तीन सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  २ : १५ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई