‘मेरी कोम’ अभिनेत्री लिनको गुनासो–मलाई कोरोना भाइरस भन्छन् « Khabarhub

‘मेरी कोम’ अभिनेत्री लिनको गुनासो–मलाई कोरोना भाइरस भन्छन्


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘ओम शान्ति ओम’, ‘मेरी कोम’ र ‘रंगुन’ जस्ता फिल्मकी अभिनेत्री लिन लैशरामले कोरोना महामारीले उत्तर–पूर्वका मानिसप्रति भेदभाव बढाएको बताएकी छन् । उनले यसको प्रत्यक्ष मारमा आफू परेको खुलाएकी हुन् ।

उनले आफ्नो परिवारलाई एयरपोर्टमा छोडेर घर फर्किदा दुई व्यक्तिले पछ्याउदै आफूलाई ‘कोरोना भाइरस’ भनेर बोलाएको खुलाइन् ।

‘मैले असहाय महशुस गरिरहेको थिएँ । किनकी उत्तर–पूर्वका कैयौं मानिसहरु अलग–अलग किसिमले प्रताडित भइरहेका थिए । उनीहरुलाई बाटो सामान पनि दिइएन । केही युवतीलाई देखेर बाटोमा थुकियो । विद्यार्थीलाई उनीहरुको पीजी र होस्टलबाट निकालियो । यो निकै दुःख लाग्दो कुरा हो कि आफ्नै देशमा हामीहरुमाथि यस्तो व्यवहार भइरहेको छ’, उनले भनेकी छन् ।

मणिपुरको इम्फालमा बस्ने ३५ वर्षीया लिनले बलिउडमा उत्तर–पूर्वका मानिसमाथि हुने भेदभावका बारेमा पनि बताएकी छन् । उनका अनुसार फिल्ममा उत्तर–पूर्वका मानिसहरुको प्रसंग आउँदा उनीहरुलाई अनौठो किसिमका भेषभुषामा देखाइने र उनीहरुको बारेमा गलत सूचना दिइन्छ ।

‘बलिउडमा उत्तर–पूर्वको प्रतिनिधित्व गर्ने एक्लो व्यक्ति डेनी डेन्जोङपा हुन् । तर हामीहरु उनीसँग सम्बन्धित हुन सकेनौं । किनकी उनी धाराप्रवाह हिन्दी बोल्छन् । हामीलाई धेरै हिन्दी आउदैन’, उनी भन्छिन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०७ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल