विद्यार्थी भर्ना अभियान शुरु « Khabarhub

विद्यार्थी भर्ना अभियान शुरु


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन् । आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उनले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गरेका हुन् ।

मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान शुरू गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आजदेखि देशभर भर्ना अभियान शुरुआत भएको जानकारी दिए । केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ ।

त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।

कोरोनाका कारण विद्यार्थीसमेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विसं २०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरुपमा विभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।

विसं २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन । गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।

यसैगरि कक्षा ११ को पठनपाठन भने भदौबाट गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको यही असार मसान्तसम्म आन्तरिक मूल्याङ्कन गरिसक्ने अगामी साउन दोस्रो सातासम्म एसईईको अन्तिम नतिजा आउने छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ४५ बजे

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी