बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, चरंगे खोलाको डाइभर्सन बगायो | Khabarhub Khabarhub

बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, चरंगे खोलाको डाइभर्सन बगायो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको देवदहमा पर्ने चरंगे खोलामा बनाइएका डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल–नारायणघाट फोर लेन सडक निर्माण गर्ने क्रममा खोलामा पुल निर्माण गर्नको लागि खोलामा होम पाइप राखेर डाइभर्सन गरिएको थियो ।

निरन्तर परेको पानीको बहावलाई उक्त पाइपले थेक्न नसकेको कारण सडक अवरुद्ध भएको ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले बताए ।

पाण्डेयका अनुसार खोलामा बाढी गएका कारण दुवै तर्फको सवारी आगमन अवरुद्ध भएको छ ।

सवारी आवागमनलाई पुन: सुचारु गर्न पानीको बहाव घटेपछि पनि तीन देखि चार घण्टा लाग्ने भएकाले तत्काल सडक खुलाउने अवस्था नरहेको उनले बताए ।

मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको पाण्डेयले बताए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : २६ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा