बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, चरंगे खोलाको डाइभर्सन बगायो « Khabarhub

बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध, चरंगे खोलाको डाइभर्सन बगायो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको देवदहमा पर्ने चरंगे खोलामा बनाइएका डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल–नारायणघाट फोर लेन सडक निर्माण गर्ने क्रममा खोलामा पुल निर्माण गर्नको लागि खोलामा होम पाइप राखेर डाइभर्सन गरिएको थियो ।

निरन्तर परेको पानीको बहावलाई उक्त पाइपले थेक्न नसकेको कारण सडक अवरुद्ध भएको ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले बताए ।

पाण्डेयका अनुसार खोलामा बाढी गएका कारण दुवै तर्फको सवारी आगमन अवरुद्ध भएको छ ।

सवारी आवागमनलाई पुन: सुचारु गर्न पानीको बहाव घटेपछि पनि तीन देखि चार घण्टा लाग्ने भएकाले तत्काल सडक खुलाउने अवस्था नरहेको उनले बताए ।

मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको पाण्डेयले बताए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : २६ बजे

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा