सर्वोच्च बारद्वारा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस « Khabarhub

सर्वोच्च बारद्वारा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद् विघटनसम्बन्धी मुद्दामा तटस्थ राय दिन सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीको रुपमा दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ।

सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको हो । मंगलबार बसेको सर्वोच्च बारको बैठकले उनीहरूलाई एमिकस क्युरीमा पठाउन सिफारिस गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि सर्वोच्च अदालतले एमिकस क्युरीका रुपमा सर्वोच्च बार र नेपाल बार एसोसिएसनका तर्फबाट दुई दुई जना मगाउने निर्णय गरेको थियो। नेपाल बारले भने नाम सिफारिस गरेको छैन।

प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरीका सदस्यहरूले बहस गर्न पाउने छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको यही असार ९ गतेदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सर्वोच्चले नेपाल बार र सर्वोच्चबाट २/२ जनाको नाम मागेको थियो ।

गत जेठ ८ गते संसद विघटन भएपछि त्यसविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । यही मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले एमिकस क्युरी मगाएको थियो ।

हेर्नुहोस् सिफारिस पत्र

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ०१ बजे

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा