गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत (पूर्णपाठ) « Khabarhub

गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत (पूर्णपाठ)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन् ।

आगामी वर्षका लागि पोखरेलले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगत तर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट ल्याइएको उनले बताए। गण्डकीमा केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ। यस्तै सशर्त अनुदानतर्फ ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ केन्द्रले दिएको छ।

पोखरेलले स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको उनले बताए।

वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ। पोखरेलले कर प्रशासनमार्फत संकलन हुने करमा स्थानीय तहलाई राजश्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको बताए।

यस्तो छ बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : २८ बजे

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा