वाग्मतीको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ) « Khabarhub

वाग्मतीको बजेट ५७ अर्ब ७२ करोड (पूर्णपाठ)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखर बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्ब १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्वबाट २३ अर्ब ८२ करोड, राजस्व बाँडफाँटबाट ६ अर्ब ८२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति एक अर्ब पाँच करोड र चालु आर्थिक वर्षको नगद मौज्दात नौ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको मन्त्री ढुंगेलले बताए । साथै, उनले सडक पूर्वाधार, शिक्षा पूर्वाधार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरूको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने प्रदेशको बजेटमा उल्लेख छ ।

पूर्णपाठ

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३८ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड