ओटीटीमा ‘लोकी’को रेकर्ड | Khabarhub Khabarhub

ओटीटीमा ‘लोकी’को रेकर्ड


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– मार्बल सुपरहिरो सिरिजको सबैभन्दा अनौठो चरित्रको कुरा गर्ने हो भने त्यो पक्कै ‘लोकी’ नै हो । टम हिडलस्टनले निर्वाह गरेको यो भूमिका दर्शकमाझ निकै लोकप्रिय छ ।

यो लोकप्रिय हुनुको कारण के हो भने कसैले पनि लोकीको काम गर्ने शैली बुझ्न सक्दैनन् । केही पल उनी खलनायक हुन्छन्, त कहिले नायकका रुपमा देखिन्छन् ।

निर्माताले ‘लोकी’ वेब सिरिजको माध्यमबाट यो चरित्रलाई विशेष बनाउने सोचेका थिए, जुन सोचाई अहिले पुरा हुँदै गएको छ ।

मार्वल युनिभर्सको नयाँ वेब सिरिज ‘लोकी’को पहिलो एपिसोड गत साता दर्शकमाझ आएको थियो । युनिभर्सका अनुसार पहिलो एपिसोडले सबै ओटीटी रेकर्ड तोडेको छ ।

डिज्नीका सिइओ बबले रिलिजको दिन ‘लोकी’ले सर्वाधिक बढी दर्शक पाएको बताए । उनका अनुसार यसअघि जति ओरिजिनल सुपरहिरो फिल्म रिलिज भयो, कुनै पनि फिल्मले यति धेरै दर्शक पाएको थिएन । दर्शकले टमको अभिनयलाई उत्तिकै मनपराएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र