चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न पूर्व उपकुपतिहरूको आग्रह « Khabarhub

चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न पूर्व उपकुपतिहरूको आग्रह


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– विश्वविद्यालयका पूर्व उपकुलपतिहरूले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न आग्रह गरेका छन् ।

पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, खगेन्द्र भट्टराई लगायत १२ जनाको समूहले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आयोगको स्वायत्ततामा हस्तक्षप नगर्न आग्रह गरेका हुन् ।

झापास्थिति बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिलाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दबाब दिएका थिए ।

जायज अडान राखेका डा. गिरीलाई यसरी जो कसैलाई इमान्दारिता र नैतिकतामाथिको चुनौती स्वरुप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्नु परेमा त्यसबाट हुने कुनै पनि क्षतिको जिम्मेवार सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ३० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै