गण्डकी प्रदेशमा कतै बाढीपहिरो कतै डुबान « Khabarhub

गण्डकी प्रदेशमा कतै बाढीपहिरो कतै डुबान

नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए



पोखरा– असारको पहिलो दिन नै वर्षाले गण्डकी प्रदेशका सबैजसो जिल्ला प्रभावित भएको छ । २४ घण्टा भन्दा बढी समयदेखिको लगातारको वर्षाले कास्की, मनाङ, पर्वत, बाग्लुङ, नवलपरासी लगायतका जिल्लाहरू प्रभावित भएका हुन् ।

लगातार परेको वर्षाले नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले मंगलबार दिउँसो चेतावनीको सतह पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको नवलपरासीपूर्वकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन्।

नारायणी नदीको जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन् ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

मादी हाइड्रोपावरमा क्षति

लगातारको वर्षापछि आएको भारी वर्षाका कारण आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।

लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी उपकरणहरुका साथै हाइड्रोपावरका निर्माण सामग्रीहरुमा क्षति पुगेको छ । बाढीले झण्डै १५ करोड बराबरको क्षति भएको हाइड्रोका सञ्चालक धनराज आचार्यले बताए ।

उनका अनुसार बाढीले कम्पनीको निर्माण स्थलमा रहेका एक्स्काभेटर, लोडरका साथै ठूलो परिमाणका निर्माण सामग्रीहरु बगाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले हाइड्रोपावरमा भएको बाढीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए ।

सेतीवेणीको शालिग्राम क्षेत्र डुबानमा

लगातारको वर्षाले पर्वतको सेतिवेणीको शालिग्राम क्षेत्र डुबानमा परेको छ ।

लगातारको वर्षापछि कालीगण्डकीमा आएको बाढीले पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको स्थानीयले बताए ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च रहेको स्थानीयको भनाइ छ । मंगलबार बिहान ४ बजेदेखि नै बजार क्षेत्र डुबानमा परेको थियो । डुबानका कारण स्थानीय १० घर परिवार विस्थापित भएका छन् ।

सेतीवेणी बजार डुबानमा पर्नुका साथै पानीको सतह बढ्दै गएपछि कालीगण्डकी आससासका बासिन्दा त्रसित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीकोअनुसार कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको छ ।

मुस्ताङको मुक्तिक्षेत्रका लुप्रा गाउँ जोखिममा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढीले लुप्रा गाउँका बासिन्दा जोखिममा छन् ।

बाढीले यहाँका १५ घर उच्च जोखिममा पर्नुका साथै सबै घर सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

हिउँ पग्लिनुका साथै लगातारको वर्षाले गर्दा ठूलो बाढी आएको स्थानीयको भनाइ छ । वर्षा हुने क्रम नरोकिँदा स्थानीय त्रसित छन् ।

बाग्लुङ बजार जलमग्न

लगातारको वर्षाले बाग्लुङ जिल्लाको बाग्लुङ बजार क्षेत्र जलमग्न भएको छ । अव्यवस्थित नालाका कारण बागलुङ बजारको रातामाटादेखि आएको भेल पसेर बागलुङ बजार जलमग्न भएको हो ।

बागलुङ बजारमा अव्यवस्थित नालीका कारण बागलुङ बजार जलमग्न भएको हो ।

मुख्यगरी बागलुङ बजारको शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक जलमग्न भएका छन् ।

दाउन्ने पहिरोले राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि दाउन्नेमा आएको पहिराले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको दाउन्ने क्षेत्रमा दर्जनौं ठाउँमा पहिरो गएको छ । पहिरोले दिउँसोबाट नै बाटो थुनिएपछि आफू बर्दघाटतर्फ नै फर्किएको खाद्य सामग्री लिएर नारायणघाटतर्फ आउँदै गरेका बुटवल खैरेनीका गोकुल तिवारीले बताए ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पहिरो हटाउने काम जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ४५ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार