ताराको ‘तिम्रै लागि’मा प्रेम र पीडा « Khabarhub

ताराको ‘तिम्रै लागि’मा प्रेम र पीडा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा इन्दिरा जोशीको स्वर छ । गीतमा संगीत हरि लम्साल र संगीत संयोजन उदयराज पौडेलको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतमा चन्द्र चौधरीको मिक्सिङ छ ।

भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा. अनिलकुमार भट्ट र डा. उमा क्यालको अभिनय छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोमा शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन छ । म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सन गरिएको हो ।

गीतमा सम्पन्न परिवारकी युवतीले आफ्नो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ ।

निर्देशक थापाले बिहेपछि वैदेशिक रोजगारमा श्रीमान् गएपछि श्रीमतीलाई पर्ने समस्या र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको बताउँदै यसलाई दर्शकले मन पराउने विश्वास लिए ।

https://www.youtube.com/watch?v=oHPufhkNylk

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : १५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले