नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रधानमन्त्री देउवा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

राजदूत बेरीले भेटका क्रममा प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ वर्ष लामो नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : १९ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र