२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७५७ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ५, ओखलढुंगामा २, खोटाङमा ११,  झापामा ५७,  ताप्लेजुङमा १, तेह्रथुममा २,  धनकुटामा १४, पाँचथर २,  भोजपुरमा ७,  मोरङमा १०५, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ८७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को पर्सामा ३, बारामा ६, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा ४ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३३९, काभ्रेमा ४१, चितवनमा १५५, दोलखामा ३६, धादिङमा १५, नुवाकोटमा ३७, भक्तपुरमा ८०, मकवानपुरमा ३५, रसुवा १, रामेछापमा ७, ललितपुरमा १३४, सिन्धुली ६ र सिन्धुपाल्चोकमा ४८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५५, गोरखामा ४१, तनहुँमा ११, नवलपरासी पूर्वमा ५८, पर्वतमा ४, मुस्ताङमा १, म्याग्दीमा ६, लमजुङमा ९, बागलुङमा २२ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा १४, नवलपरासीमा १, पाल्पामा ४, प्युठानमा ४, बर्दियामा २२, बाँकेमा १७, रुकुम पूर्वमा १ रोल्पामा ३ र रुपन्देहीमा ३% जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १०, कालिकोटमा २, मुगुमा १, रुकुम पश्चिममा २, सल्यानमा ४ र सुर्खेतमा १० जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ४, कैलालीमा १९, डडेल्धुरामा १, दार्चुलामा ३ र बैतडीमा २ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : ४६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक