उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान « Khabarhub

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान


१५ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित गर्दै वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् ।

दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैन्यीकृत क्षेत्र (डिएमजेड) मा विस्फोट भएको केही दिनपछि राष्ट्रपति लीले यस्तो आह्वान गरेका हुन् ।

दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनःस्थापना र वार्ता पुनः सुरु गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताए।

गत सेप्टेम्बर २१ मा डिएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले बुधबार उत्तर कोरियालाई जिम्मेवार ठहर गर्दै घटनाप्रति माफी माग्न आग्रह गरेको थियो। दक्षिण कोरियाली सेनाले उक्त विस्फोटलाई दुई कोरियाबीचको युद्धविराम सम्झौताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ।

विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए।

तर उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले घटनामा आफ्नो देशको संलग्नता अस्वीकार गरे। उनले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्ष गलत र तथ्यहीन भएको आरोप लगाए।

दुई कोरियाबीच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव कायम रहेका बेला दक्षिण कोरियाली राष्ट्रपतिको वार्ता र विश्वास पुनःस्थापनाको आह्वान आएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ४ : ०२ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा