तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा « Khabarhub

तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

“अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ ।

सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।

सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ ।

रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशको सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ ।

तालिबानले अफगानिस्तानको चौथो ठूलो शहर मजार–आई–शरिफलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्तरमा सरकारको नियन्त्रण गुमेको हो । खामा प्रेसका अनुसार मार्शल अब्दुल राशिद डोस्टम र “प्रमुख ‘जिहाद नेता’ अट्टा मुहम्मद नूरको प्रभाव क्षेत्र रहेको मजार–आई–शरिफ आफ्ना लडाकू र छोराहरूसँगै उज्बेकिस्तान भागेपछि उक्त क्षेत्रमा सरकार कमजोर भएको मानिएको थियो ।

अट्टा नूरले मजार–ए–शरीफमा सैनिक पतन एउटा षड्यन्त्र भएको र यसको उद्देश्य आफैलाई पक्राउ गरी आफू र मार्शल डोस्टमलाई आत्मसमर्पण गराउनु रहेको दावी उज्वेकिस्तानबाट गरेका छन् ।

यसैबीच तालिवानले प्रान्तीय कार्यालय, प्रहरी मुख्यालय; राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडिएस) स्थानीय कार्यालय र २०९ औँ शाहीन चिहान क्षेत्र आफ्नो लडाकूको कब्जामा आएको दाबी गरेको छ ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ । तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ०५ बजे

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

कास्की – नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै

१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेटियाे

काठमाडौं – औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा

एनपीएलमा लुम्बिनीको पहिलो हार, काठमाडौं ३६ रनले विजयी

काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले