एमाले एकता सबल बनाउन उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच छलफल « Khabarhub

एमाले एकता सबल बनाउन उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच छलफल


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।

पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका हुन् ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको विघठन, सर्वाेच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।

अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ५५ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण