यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ « Khabarhub

यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यार्सागुम्बा लुटपाट गरेको अभियोगमा प्रहरीले ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका-२ घर भएका ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, काठमाडौं नयाँबजार बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २७ वर्षीय दिपक थापामगर रहेका छन् ।

यसैगरी काभ्रे पाँचखाल नगरपालिका-१२ घर भएका २७ वर्षीय बिशाल लामा, काभ्रे तिमाल गाउँपालिका-४ घर भएका २३ वर्षीय योङदेन लामा, भक्तपुर सानोठिमी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ घर भएका २२ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं खुसिबु नयाँबजार बस्ने भारत घर भएका ३७ वर्षीय मोहम्मद ईसाकलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २४ गते दिउँसो काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका दीपक लामा र काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बलेफी गाँउपालिका-६ घर भएका सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा २८ लाख रुपैयाँमा खरिद गर्छु भन्दै काठमाडौं नयाँ बसपार्क मित्रनगरस्थित होटेलमा बोलाई उनीहरूले ल्याएको उक्त यार्सागुम्बा अपरिचित व्यक्तिहरुले लुटि फरार भएका थिए ।

उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा र नगद १ लाख ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ३६ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा